कलाकार दिपकराज गिरीले आफू अब कुनै पनि अवार्ड समारोहमा सहभागी नहुने घोषणा गरेका छन् । उनले आफ्नो अफिसियल फेसबुक मार्फत अवार्डमा नजाने घोषणा गरेका हुन् । हालै एक अवार्ड समारोहबाट बिचबाट उठेर हिडेपछि दीपक विवादमा मुसिएका थिए । पछिल्ला केही अवार्ड समारोहलाई बिचमै छोडेकोमा आफूलार्ई अवार्डको लोभी तथा आफूले नै अवार्ड पाउनुपर्ने मान्यता भएका व्यक्तिका रूपमा व्याख्या गरेको भन्दै गिरीले मिलेमतो र आफ्ना प्रियजनलाई बाँडिने त्यस्ता अवार्डको विरोध मात्र गरेको स्टाटसमा लेखेका छन् । अब आफू चलचित्र निर्माणमा मात्रै ध्यान दिने र कुनै पनि अवार्ड समारोहमा सहभागी नहुने बताएका छन् ।
स्वीकारोक्ति ….. पछिल्लो समय अवार्ड कार्यक्रममा जानु र कार्यक्रमलाइ बिचमै छाड्नुलाइ धेरै साथिहरूले म अवार्डको लोभि भएको , आफूले नै अवार्ड पाउनु पर्ने मान्यता भएको ब्यक्ति रहेको रूपमा ब्याख्या गरेको थाहा भयो.. जबकि मिलेमतो र आफ्ना प्रियजन लाइ बॉडिने त्यस्ता अवार्डको बिरोध मात्रै थियो त्यो… तर जो नेता , अभिनेता जनताको सल्लाह मान्दैन त्यस्को चॉढै बिंदाइ हुन्छ… मलाइ फेसबुकमा थुप्रै साथिहरूले यस्ता अवार्डको कुरै नगरी भबिष्यमा पनि लोकप्रिय चलचित्र निर्माणमा मात्रै ध्यान दिनु भन्ने अमूल्य सूझाब दिनु भएकोले म त्यो सल्लाहको उच्च कदर गर्दै …. आज देखि कुनै पनि अवार्ड समारोहमा सहभागि नभइ निरन्तर चलचित्र निर्माणमा मात्रै ध्यान दिने ब्यक्तिगत निर्णय गरेको जानकारी गराउछू…मेरा अभिव्यक्ति वा कृ्याकलापले यस भन्दा अगाडि कसैलाइ ठेस पुगेको भए यसै अभिव्यक्ति बाट माफि पनि माग्दैछू…!!! जय सिनेमा, जय नेपाल !!!!