नवल नेपाल निर्देशित चलचित्र ‘मारुनी’ आज शुक्रवार बाट अलनेपाल प्रदर्शनमा आएको छ । साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र रेविका गुरुङ बिचको त्रिकोणात्मक प्रेमकथाले सबैको आशा बोकेको छ तर तीजको छेकोमा प्रदर्शनमा आएको यो चलचित्रसँग भिड्न हलमा अन्य कुनै नेपाली आएका नभए पनि बाहुबली स्टार प्रभास अभिनीत बलिउड चलचित्र ‘साहो’ पनि शुक्रवार बाटै प्रदर्शनमा आएकाले निकै थ्रेट अनुभव गर्नु पर्ने भएको छ 'मारुनी'ले । व्यापारिक हिसाबले महत्त्वपूर्ण मानिने मल्टीप्लेक्समा ‘साहो’ का कारण ‘मारुनी’ ले अत्यन्त न्यून सो पाएको छ । सिङ्गल पर्दा भने अधिकांश सोज पाएको छ । चलचित्र राम्रो चल्न वर्ड अफ माउथ निकै बलियो हुनुपर्ने देखिन्छ ।
पुनम गौतमले निर्माण गरेको चलचित्रमा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शङ्कर सेढाई, विनोद भट्टराई र सुशील क्षेत्रीलगायतको अभिनय छ । पुनम इन्टरटेनमेन्टको ब्यानरमा निर्मित चलचित्रमा दीपक बज्राचार्य,अर्जुन पोखरेल,कृष्ण काफ्लेको सङ्गीत, सञ्जय लामाको छायाङ्कन, गोविन्द फुयाँल,नवल नेपालको लेखन र मित्र डी गुरुङको सम्पादन छ । यस चलचित्र सफल भएमा सिक्वेल बनाउने निर्माता गौतमले घोषणा गरिसकेकी छन् भने असफल भए कहिल्यै चलचित्रमा हात नहाल्ने उनको भनाई छ ।