साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र रेविका गुरुङ बिचको त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र 'मारुनी' आज शुक्रवारबाट प्रदर्शनमा आएको छ । नवल नेपाल निर्देशित यस चलचित्रको पहिलो दिन मल्टिप्लेक्समा निकै कम सोज हात पारेको छ । चलेका कलाकार, बलियो प्रोडक्सन भ्यालु र प्रचारले ‘मारुनी’ले बक्स अफिस चलायमान राख्ने अनुमान छ ।
जसको लागी दर्शकको वर्ड अफ माउथ राम्रो हुनुपर्ने छ र यसमा निर्देशक नेपाल पनि विश्वास गर्छन् । पहिलो सो मा चलचित्र हेरेका दर्शकले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन् । चलचित्रको पहिलो सो मा ६०/७० प्रतिशत अकुपेन्सी हात पारेको मारुनीलाई दर्शकले आगामी सोज मा पनि साथ दिने विश्वास रहेको चलचित्रका नायक पुष्प खड्काले बताए ।
पुनम गौतम निर्मित यस फिल्ममा नव-अभिनेत्री रेविका गुरुङको पनि प्रमुख भूमिका छ । चलचित्रको गीत सङ्गीत र ट्रेलरले राम्रो हाइप बनाइरहेको समयमा चलचित्रले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।