अनमोल गुरुङले निर्देशन गरेको चलचित्र 'आप्पा'ले भारतमा प्रदर्शनको सफल ५१औँ दिन मनाएको छ । बाबु छोराको प्रेम र सम्बन्धमा आधारित चलचित्र 'आप्पा' नेपाल लगायत भरतमा प्रदर्शनमा आएको थियो । नेपालमा पनि दर्शकको राम्रो प्रतिक्रिया पाएको यस चलचित्रले भारतमा सफलतापूर्वक ५१औँ दिन मनाएको निर्देशक गुरुङले जानकारी दिएका छन् । 'आप्पा'मा अभिनेता दयाहाङ राईले बाबुको भूमिका निभाएका छन् ।

चलचित्रमा डेब्यु नायक सिद्धान्त राज तामाङ, डेब्यु नायिका अल्लोना काबो लेप्चा, तुलसी घिमिरे अरुणा कार्की लगायतको अभिनय रहेको छ । आफ्नो पहिलो प्रयासलाई मन पराइदिएको मा दर्शकलाई आभार प्रकट गर्दै गुरुङले आफूले चलचित्र बनाउने क्रममा धेरै कुरा सिकेको र आगामी दिनमा अझ राम्रो चलचित्र निर्माण गर्न त्यो सिकाइ महत्त्वपूर्ण हुने बताएका छन् ।