नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको प्रेमसम्बन्धको बारेमा थाहा नहुने सायदै छन् । यी दुईको प्रेमलाई अझ प्रगाढ बनाउँदै नयाँ म्युजिक भिडियो सार्वजनकि भएको छ ।
गायिका सुजता उपाध्याय मानन्धर र राजेश घिमिरे ‘हात थामी’बोलको गीतमा प्रियंका र आयुष्मानको प्रेमलाई देखाइएको छ ।ा एक तारेको शब्द र राड स्टुडियोको सङ्गीत रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा प्रियंका कार्की र आयुष्मान देशराजको अभिनय छ । भिडियो निर्देशन भने विशाल भण्डारीले गरेका हुन् ।