नेपाल आइडलबाट चर्चामा आएका सुरज थापाको शब्द तथा सङ्गीत रहेको गीत 'लालुमै लालुमै' सार्वजनिक भएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच विवेक थापा र तारा थापाको स्वरमा रहेको नेपाली लोक शैलीको गीत सार्वजनिक गरिएको हो । गीतमा चर्चित मोडल तथा लोक तथा दोहोरी गायक प्रकाश सपूत, रियासा दाहाल र कुमार लामा फिचर्ड छन् । गीतमा प्रकाशले बाबु र छोराको दोहोरो भूमिका निर्वाह गरेका छन् । गीतको भिडोयोलाई सुरजले नै निर्देशन गरेका हुन् । उत्तम हुँमागाइँको छायाङ्कन रहेको भिडियोलाई प्रवीण भट्टले सम्पादन गरेका हुन् । साथमा गीतको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ ।