चलचित्र जगतमा विश्वकै सबैभन्दा प्रतिष्ठित अवार्ड मानिने अस्कार अवार्डकाका लागि नेपालबाट चलचित्र ‘बुलबुल’ छानिएको छ । ९२ औँ संस्करणको सन २०२०मा आयोजना हुने अवार्डका लागी उत्कृष्ट विदेशी चलचित्रको विधाका लागि नेपालबाट 'बुलबुल' सिफारिस भएको हो । विनोद पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रलाई विमल पौडेल अध्यक्ष तथा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजु विक्रम थापा, लोकेन्द्र पराजुली, सामीप्यराज तिमल्सेना सदस्य र चिरञ्जीवी गुरागाईंसचिव रहेको समितिले सिफारिस गरेको हो ।

सन २०१८ अक्टोबर १ देखि २०१९ अगस्त ३० सम्ममा प्रदर्शनमा आएका चलचित्र मध्येबाट ‘बुलबुल’ मात्र सहभागी भए पछि अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ‘बुलबुल’लाई  निर्विरोध छनौट गरेको हो । स्वस्तिमा खड्का र मुकुन भुसालको मुख्य भूमिका रहेको चलचित्रलाई दर्शक समीक्षकले रुचाएका थिए । 'बुलबुल' ले अहिलेसम्म राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवार्डहरू हात पारिसकेको छ ।