सुमन केसी र मेलिना राईले स्वर रहेको गीत ‘दिल चोर्ने माकुरी’(मखमली चोली २) सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द रहेको गीत शुक्रवार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट सार्वजनिक गरिएको हो । युट्युबमा ६५ लाख बढी भ्युज पाएको मखमली चोलीको सफलतापछि उक्त टिमले मखमली चोली २ तयार गरेको हो । राजन खतिवडाको सङ्गीत रहेको गीतको भिडिओलाई शान थापाले निर्देशन गरेका हुन् । भिडियोमा पल शाह र एलिशा राई फिचर्ड छन् । राजीव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाङ्कन रहेको छ । भिडिओलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । गीतमा दिल चोर्ने माकुरीलाई उजुरी दिने लगायत रमाइलो प्रसङ्ग जोडिएको छ ।