गएको हप्ता नेपाली राजतपटमा खासै सम्झन योग्य केही भएन भन्दा फरक नपर्ला । चलचित्र सम्बन्धी एकाध कार्यक्रम भए भने यिनै बिच नेपाली राजातपटको यो हप्ता गुज्रियो । चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । हप्ताको बिचमा परेको तीज र सार्वजनिक बिदाका बिच यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
चलचित्र ‘म यस्तो गीत गाउँछु’ को दोस्रो शृङ्खला ‘म यस्तो गीत गाउँछु २' को छायाङ्कन सुरु भएको छ । पहिलो शृङ्खलामा दर्शकले निकै रुचाएको जोडी पल शाह र पूजा शर्मालाई नै लिएर निर्माण हुन लागेको यस चलचित्रको केही समय अगाडी मनकामना मन्दिरमा शुभ मुहूर्त गरिएको थियो ।
चलचित्र 'विर विक्रम २' पछि केही समय अध्ययनको लागी युरोप गएका नाजिर हुसेन यति बेला नेपाल फर्किएका छन् । नेपाल फर्किए लगत्तै उनी हावा चल्यो सिरिरी फेम्ड गायक महेश काफ्लेको नयाँ गीत को म्युजिक भिडियो छायाङ्कनमा व्यस्त छन् । नाजिरले म्युजिक भिडियो लगायत चलचित्रबाट दर्शकको मन जितेकी आँचल शर्मासँग स्क्रिन साझेदारी गर्दै छन् ।