आगामी असोज ३ गते प्रदर्शनमा आउने भनिएको चलचित्र  ‘लभ डायरिज’ प्रदर्शन मिति सारेको थियो भने नयाँ मिति तोक्न सकेको थिएन । अब भने सुशील श्रेष्ठ र रुबिना थापा अभिनीत यस चलचित्रले आफ्नो नयाँ रिलिज मिति तय गरेको छ । चलचित्र निर्माण पक्षले छठको अवसर पारेर  कार्तिक १५ लाई रिलिज तोकेको हो । सौरभ चौधरीले निर्देशन गरेको चलचित्रको एक रोमान्टिक गीत पनि सार्वजनिक भैसकेको छ जसलाई दर्शक श्रोताले मन पराएका छन् ।

मधु बास्तोलाको कथा पटकथा रहेको चलचित्रमा सम्पादक साहिल खानले र सह-निर्देशकको काम सम्हालेका छन् । विनोद सापकोटा निर्माता रहेको चलचित्रमा सरोज तुलाधरको सह-निर्माण छ ।