हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’बाट अलग्गिएको अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)सहितको २१ जनाको टिमले  नयाँ टेलिश्रृंखला निर्माण गर्ने भएको छ । आगामी असोज २ गतेबाट नेपाल टेलिभिजन मै प्रसारण सुरु हुने घोषणा भएको छ । उक्त टेलिश्रृंखलाको नाम भने जुराइसकिएको छैन । कुमार कट्टेल र अर्जुन घिमिरेको समूहले आफ्नै लगानीमा नयाँ टेलिश्रृंखला निर्माण गर्न लागेका हुन् । लेखन तथा निर्देशन जिग्री र पाँडेकै रहने छ भने उनिहरूकै ब्यानर जेपिटी क्रियसनमार्फत यसको निर्माण हुने छ ।

भद्रगोलकै पात्रहरू र कथावस्तुमा आधारित भएर टेलिश्रृंखला निर्माण हुने निर्देशक द्वयले बताएका छन् । भद्रगोलको ट्रेडमार्क भने मिडिया हबसित भएको र सिरियलको नाममा कपि राइट लागे पनि पात्रहरूमा भने नलाग्ने बताउँछन् ।