रेनेशा बान्तवा राईको निर्देशनमा बन्ने चलचित्र ‘आइ एम २१’ घोषणाको लामो समय सम्म पनि निर्माण हुन सकेको छैन । चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ बाट निर्देशकको रूपमा डेब्यु गरेकी रेनेशाको आगामी चलचित्र ‘आइ एम २१’को लागी निर्माण घोषणामा नै धिरज राईलाई पक्का गरिएको थियो भने अब धिरजको जोडीको रूपमा जसिता गुरुङ अनुबन्धित भएकी छिन् ।

यही दसैँमा चलचित्र रिलिज गर्ने तयारीमा रहे पनि रेनेशाले व्यक्तिगत कामका कारण समय दिन पाएकी थिइनन् । अब भने चलचित्रको निर्माणले गति लिने भएको छ । एक समय प्रेम सम्बन्धमा रहेको चर्चा भएका धिरज र जसिताको जोडी पर्दामा हेर्न अब दर्शकले धेरै समय कुर्नु नपर्ने भएको छ ।