अभिनेता सौगात मल्लको क्रेज नेपाली फिल्म इन्डस्ट्रीमा राम्रो छ । उनको अभिनय कौशल लाई दर्शकले रुचाउँछन् भने चलचित्र निर्माताले राम्रोसँग चिनेका छन् । पछिल्लो समय सौगातका हातमा एक पछि अर्को चलचित्र छन् । उनी अभिनीत चलचित्र 'पोइ पर्यो काले'को शीर्ष गीत रिलिज भएको छ । यस फिल्ममा सौगातकी रियल लाइफ जोडी श्रृष्टी श्रेष्ठले पनि अभिनय गरेकी छिन् । पछिल्लो समय सौगात अनुबन्धित भएका चलचित्रमा श्रृष्टीलाई नछुटाउने जस्तै भैसकेको छ । यसै क्रममा निर्देशक मधुसूदन भट्टराईले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा पनि सौगात र श्रृष्टीको जोडी अनुबन्धित भएका छन् । चलचित्रका लेखक सञ्चारकर्मी लक्ष्मण सुवेदीले सामाजिक सञ्जालमार्फत यो कुरालाई इंकित गरेका छन् । यद्यपि चलचित्रको नाम भने फाइनल भएको छैन । तिहारपछि अस्ट्रेलियामा छायाङ्कन सुरु गरिने यस चलचित्रको बाँकी जानकारी सार्वजनिक गरिएको छैन ।