शिव शर्माले निर्देशन गरेको चलचित्र ‘काले दाई' को ट्रेलर सार्वजनिक भएको छ । असोज १७ गते विजया दशमीको छेकोमा देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रमा प्रेम र जातीय छुवाछुतले प्रेममा निम्ताएको द्वन्द्वको कथा रहेको छ । सार्वजनिक ट्रेलर यही परिवेशमा घुमेको छ । चलचित्रमा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोविन्द श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ । नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको 'काले दाई' मा इन्द्र रामजाली र किशन अर्यालको कथा, पवन गौतमको छायाङ्कन, कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’ को सम्पादन छ । यसै गरी चलचित्रमा सम्शेर गुरुङ र इन्द्र रामजालीले लगानी गरेका छन् ।