सहिमा श्रेष्ठको स्वर रहेको गीत 'तिम्रो सहर' सार्वजनिक भएको छ । गीतकार अमर बान्तुको ‘अमर भावना २’ एल्बममा संग्रहीत गीत सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा अनुप विक्रम शाही र आँचल शर्मा फिचर्ड छन् । गीतमा दीपक शर्माको सङ्गीत तथा रिकेश गुरुङको संयोजन रहेको छ । यसै गरी भिडियोलाई  वसन्त निरौलाले निर्देशन गरेका छन् ।

आफूले मन पराएको मान्छेलाई भेट्न आएकी एक युवतीले उसले पनि आफूलाई माया गर्छ कि गर्दैन भन्ने भाव समेटिएको गीतमा कोरियोग्राफि पवित्रा आचार्यको रहेको छ । दिव्य सुवेदीको छायाङ्कन रहेको गीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।