नेपाल आइडलको पहिलो संस्करणमा तेस्रो स्थान हासिल गर्न सफल प्रताप दासको नयाँ गीतको तयारी भइरहेको छ । यति बेला गीतको भिडियो छायाङ्कन भइरहेको छ । युवा अवस्थामा रहेका दुई प्रेमीको प्रेम र यात्राको भाव समेटिने भिडियोमा बुगी वुगी कि विजेता अस्मिता नेपाली र भारतमा मोडलिङ गरिरहेका बिजु पार्किनको प्रस्तुति रहने छ ।

प्रताप दासको नयाँ गीतको तयारी: यसरी बन्दै छ भिडियो प्रताप दासको नयाँ गीतको तयारी: यसरी बन्दै छ भिडियो प्रताप दासको नयाँ गीतको तयारी: यसरी बन्दै छ भिडियो

गीतमा प्रबिन सिंह कोरियोग्राफी गर्दै छन् । गोदावरीको मनोरम दृश्यमा छायाङ्कन भइरहेको गीतको भिडियोमा अस्मिता र बिजु प्रेमी प्रेमिकाको भूमिकामा देखिनेछन् । गीतलाई प्रतापले नै निर्माण गर्दै छन् ,पहिलोपल्ट प्रतापले आफुले गाउँदै आएको भन्दा फरक शैलीको गीत प्रस्तुत गर्दै छन् ।

प्रताप दासको नयाँ गीतको तयारी: यसरी बन्दै छ भिडियो प्रताप दासको नयाँ गीतको तयारी: यसरी बन्दै छ भिडियो प्रताप दासको नयाँ गीतको तयारी: यसरी बन्दै छ भिडियो

यसैगरी गीत छिट्टै नै बजारमा ल्याउने तयारी भइरहेको प्रतापले बताएका छन् । पछिल्लो समय गायनमा निकै व्यस्त रहेका प्रताप पार्श्व गायन देखी डुयट सबैमा रुचाइएका छन् ।