छोटो समयमा नै युवा पुस्ता माझ आफ्नो छुट्टै पहिचान बनाउन सफल नायक हुन अनमोल केसी । चलचित्र होस्टेलबाट सिने नगरीमा प्रवेश गरेका अनमोल पछिल्लो समयको स्टार हुन भन्दा फरक पर्देन् । उनी अभिनित थोरै चलचित्र भएता पनि प्राय सबै चलचित्र हिट छन् । अहिले उनी नेपाली सिने वृतका महँगा कलाकारको साथमा धेरै फ्यान फलोअर भएका नायक समेत हुन । यति बेला अनमोल नयाँ चलचित्र 'कृ' को छायाँकनमा व्यस्त छन् । अनमोलले 'कृ' को लागी २० लाख पारिश्रमिक लिएका थिए । 'कृ' को लागी नै उनले करिब एक वर्ष कुनै पनि चलचित्रमा अभिनय गरेनन् ।

चलचित्रको बुधवार पहिलो पोस्टर सार्वजनिक भइसकेको छ । जसमा अनमोललाई फरक लुकमा देखाइएको छ । युवा पुस्ताले रुचाएका नायक अनमोललाई कस्तो खालको केटी मन पर्छन् होला ? अनमोलले एक पत्रिकालाई दिएको अन्तवार्तामा आफूलाई सोझी केटी मन पर्ने खुलाएका छन् । डान्स पार्टी , क्लब जाने केटी भन्दा पनि घरव्यवहार सम्हाल्ने र मनको कुरा बुज्ने बताएका छन् ।

त्यस्तै कुर्ता सुरुवाल लगाउने केटी आर्कषक लाग्ने उनले बताएका छन् । 'ग्रन्च पाइट लगाउने केटी पटक्कै मन पर्देन्  तर कुर्ता सुरुवाल लगाउने केटी मलाई अति नै मन पर्छ । साधरण हुन्छन् ।' अनमोल भन्छन् । त्यस्तै शशिरमा ट्याटु हानेको केटी उत्ताउला लगाउने उनले बताएका छन् ।