‘सूर्य इन्टरनेशनल अवार्ड'को पहिलो संस्करण सन् २०१८मा जापानको टोकियोमा सफलताका साथ आयोजना गरिएको थियो । यसै अवार्डको दोस्रो संस्करण आगामी नोभेम्बर २४ मा टोकियोमा आयोजना हुने मङ्गलवार राजधानीमा एक कार्यक्रम आयोजना गरी जानकारी आयोजक कम्पनी सूर्य कर्पोरेसन लिमिटेडका अध्यक्ष वासुदेव लामिछानेले दिएका छन् । अभिनय , गायन , नृत्य र हास्य विधामा रहेर अवार्ड आयोजना गरिने र भव्यताका साथ कार्यक्रम सम्पन्न गरिने लामिछानेले बताए । घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई , चलचित्र सङ्घका अध्यक्ष प्रदीपकुमार उदय , चलचित्र निर्माता सङ्घका उपाध्यक्ष माधव वाग्ले , अभिनेता भुवन केसी , अभिनेत्री गौरी मल्ल , गायक रामकृष्ण ढकाल , अभिनेत्री श्वेता खड्का , गायक हेमन्त शर्मा , अभिनेत्री सरिता लामिछाने , निर्देशक ऋषि लामिछाने , गायक कमल खत्री , अभिनेता प्रशान्त ताम्राकार , गायक युवराज चौलागाईं , गायिका मिलन अमात्य र एञ्जिला रेग्मी , गायक हेमन मोक्तान , निर्माता अमृत घोले लामा लगायतको उपस्थिति रहेको थियो ।

‘सूर्य इन्टरनेशनल अवार्ड २०१९' नोभेम्बरमा आयोजना हुने ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९' नोभेम्बरमा आयोजना हुने

यस पटकको अवार्डमा ६ फिल्म र ६ सङ्गीतका विधालाई समेटिएको छ भने दुई दशक लामो फिल्मी यात्रा तय गरेका एक फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड , एक दशक लामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान , एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ । कार्यक्रममा सहभागी अतिथिहरूले यस्ता अवार्डले नेपाली चलचित्रको विकासको लागी सहयोग पुर्‍याउनेमा आफूहरू आशावादी रहेको विचार राखेका छन् ।