सम्राट बस्नेत निर्देशित चलचित्र ‘पासवर्ड’मा बलिउड अभिनेत्री सन्नी लियोनी जोडिए यता चलचित्र निकै चर्चामा छ । भाद्र २७ अर्थात् भोलि शुक्रवारबाट प्रदर्शनमा आउने यस चलचित्रको प्रिमियरको लागि सन्नी नेपाल आउन लागेकी छिन् । बिहीबार बेलुका ७:३० बजे कुमारी हलमा रेड कार्पेटमा सहभागी हुने सन्नी बिहीबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्नी अवतरण गर्नेछिन् । उनले मिडिया साक्षात्कार सँगै चलचित्र पनि हेर्ने कार्यक्रम रहेको छ । शनिवार भारत फर्किने सन्नीले शुक्रवार नेपालका केही स्थानमा भ्रमण गर्ने ‘पासवर्ड’ टिमले बताएको छ भने उनी हायात होटेलमा बस्नेछिन् ।
चलचित्रमा सन्निका साथै अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रवीण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सूर्य बोहरालगायत कलाकारको अभिनय रहेको छ । अंकित गौतम कार्यकारी निर्माण रहेको चलचित्रलाई अमित बस्नेत र हिराल जोशीले निर्माण गरेका छन् । यसै गरी युकेको लागि कार्यकारी निर्माताको भूमिका मोहित छब्राले निभाएका छन् । अजित के ।आर थापाको सह-लगानी रहेको चलचित्रको लाइन प्रोड्युसर सनिश खकुरेल हुन् ।