कुनै बेला थियो गायिका सिन्धु मल्लका गीतहरू गल्ली गल्ली , चोक चोक घन्किएथ्यो। प्राय सिन्धुको आवाज भरिएका गीतहरू चर्चित नै छन् ।‘झलझली आँखामा’, ‘ससुराली मा’, ‘धरानको बजारैमा’ लगायतका यस्ता थुप्रै गीतहरू छन् जसलाइ दर्शकले धेरैनै रुचाएका छन् । यी गीतहरू अहिले पनि उत्तिकै सुन्ने गरिन्छ जति पहिले सुन्ने गरिन्थ्याे। तर गीत सङ्गीतमा सक्रिय सिन्धु ५ वर्ष सम्म कहाँ हराएकी थिइन् ? उनी भन्छिन् ‘घर गृहथीले गर्दा पनि हो । परिवारलाई हेर्नु पर्याे, फेरी होटेल सञ्चालन पनि गरेका छौ त्यसै कारणले पनि हो ।’
लामो समयसम्म सङ्गीतमा नरहन्दा पुराना दिनहरू मिस गर्ने गरेको उनी बताउन्छिन् । ‘पहिलेको जमनानै बैग्लै थियो । हरेक गीतहरू हिट हुने गर्दथे । रमाइलो थियो पहिला अहिले फरक छ सबै । तर गीत गाउने मान्छेको लागी हरेक दिन एउटै । ’
सिन्धु मल्ल यति बेला तिजको नयाँ गीत बजारमा ल्याउने तयारीमा छिन् । ‘धेरै समय पछि सङ्गीतमा फर्किन पाउदाँ खुसी लागेको छ । दर्शक श्रोताले नयाँ गीतलाई मन पराई दिनु हुन्छ भन्ने आस गरेको छु ।’