अभिनेत्री वर्षा राउत सामाजिक सञ्जाल इन्स्टाग्राममा एक्टिभ सेलिब्रेटी मध्य एक हुन् । उनी कहिलेकाहीँ इन्स्टाग्राममा फ्यानले सोधेका प्रश्नको जवाफ दिने गर्छिन् । उनको व्यक्तिगत जीवन र चलचित्र सम्बन्धी प्रश्न त आउनु सामान्य नै भयो तर कहिलेकाहीँ प्यानहरूले कलाकारको व्यक्तिगत जीवन भन्दा बाहिरको बारेमा प्रश्न गर्दा उनीहरू पनि अन्योलमा पर्ने गर्छन् । यसैबिच एक जना फ्यानले वर्षालाई नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको बारेमा प्रश्न गरेका छन् । वर्षा यी दुवैको नजिकका साथी भएका आफूले यो प्रश्न सोधेको भन्दै ‘आकाश र पूजा प्रेममा छन् भन्ने सुनिन्छ । तपाईँ दुबै जनासँग यति नजिक हुनुहुन्छ ? यसैले सोधेको ।’ भनेका छन् जुन प्रश्नको जवाफ वर्षाले आकाशलाई नै दिन लगाएकी छिन् । जसमा आकाशले ‘हेरौँ भविष्यमा के हुन्छ ।’ भन्ने जवाफ फर्काएका छन् ।

यसै सिलसिलालाई अगाडी बढाउँदै वर्षाले अहिलेको अवस्थामा के छ भनेर प्रतिप्रश्न गरेकी छिन् जसमा आकाशले रमाइलो जवाफ दिँदै भनेका छन्,‘हामीले बिहे गरिसकेका छौँ ।’ आकाशले यो जवाफसँगै वर्षाले म यो इन्स्टाग्राममा पोस्ट गर्नेवाला छु भनेर जवाफ दिएकी फर्काएकी छिन्। पछिल्लो समय लगातार एकसाथ काम गरिरहेका पूजा र आकाशको जोडिलाई निकै मन पराइरहेका छन् र यी दुई को प्रेम सम्बन्धका विषयमा दर्शकले निकै चासो राख्ने गरेका छन् ।