बिहीबार वर्षा राउतले राजधानीको नक्साल स्थित ‘सजिनाज् क्रियसन’ले सञ्चालनमा ल्याएको बुटिकको उद्घाटन गरेकी छिन् । फेसनमा निकै सजक मानिने अभिनेत्री वर्षाले ‘सजिनाज् क्रियसन’ बुटिकको उद्घाटन गर्दै आफू आकर्षक र नवीनतम पहिरन आफ्नो रोजाइमा सधैँ पर्ने गरेको बताइन् । यो बुटिकको विशेषता आफूलाई मन परेर जोडिएको सुनाइन् । ‘सञ्चालिका सजिना बिस्टसँगको पारिवारिक सम्बन्धका कारण पनि क्रियसनसँग जोडिएको र क्रियसनले आफूलाई मन पर्ने पहिरन कुर्था, लेहेङ्गा, सारीलाई विशेष महत्त्व दिएकोले निकै खुसी भएको बताइन् ।
फेसन सो र विभिन्न सौदर्य प्रतियोगितामा समेत ड्रेस डिजाइन गरिसकेकी विष्टले दैनिक प्रयोगमा आउने क्याजुअल, ब्राइडल, इन्डोवेस्टन, गाउन लगायतका पहिरनलाई बुटिकले प्राथमिकता दिएको बताइन् । सर्वसाधारणको समेत पहुँच पुग्ने गरी ‘सजिनाज् क्रियसन’ सञ्चालनमा ल्याइएको उनको भनाइ रहेको छ । ’अभिनेत्रीमा फेसन ट्रेन हुने र उनीहरूले लगाएको पहिरन सर्वसाधारणले पनि फलो गर्दछन् गर्ने भएकाले आफूले वर्षाको हातबाट उद्घाटन गराएको स्पष्ट पारिन् ।