आगामी मङ्सिर १३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘प्रेम संसार’को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको पहिलो गीत  ‘सुनैना सुनैना' सार्वजनिक गरिएको हो । अर्जुन पोखरेलको शब्द तथा सङ्गीत रहेको गीतमा राजेश पायल राई र अन्जु पन्तको स्वर रहेको गीतमा चलचित्रका मुख्य कलाकार प्रेम सोनी र आयुष्मा कार्कीलाई फिचर्ड छन् ।  गीतको भिडियोमा निर्देशक राम गौतम कै कोरियोग्राफी रहेको छ । सोनी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रको कथा, पटकथा तथा संवाद निर्माता तथा प्रस्तुतकर्ता प्रेम बहादुर सुनार (गहतराज) ले तयार पारेका हुन् ।

उत्तम केसी र देबीन गहतराज कार्यकारी निर्माता रहेको चलचित्रमा कमल सुनार र सीता सुनारको लगानी रहेको छ यसै गरी  चलचित्रमा अर्जुन पोखरेल र बिबि अनुरागीको सङ्गीत, शंखर महर्जनको द्वन्द्व निर्देशन, एकेन्द्र सारा शंखर र राम गौतमको कोरियोग्राफी, दिपेन्द्र बस्न्यातको छायाङ्कन र सम्पादन रहेको छ । चलचित्रमा प्रेम सोनी र आयुष्मा कार्कीका अलावा कविता नेपाली, मोनिका दाहाल, बिबिशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल बिक, यम बहादुर बिक, विजय सुनार, टंक मरासैनी, किशोर पाण्डे लगायतको अभिनय रहेको छ ।