गत २०७६ वैशाख २९ गते को क्विज रियालिटी सो 'को बन्छ करोडपति' मा मोरङका राजीव जैनले एक करोड जित्न सफल भएका थिए । फ्रेन्चाइज सो ‘को बन्छ करोडपति’को जारी सिजन वानको ४१ औँ श्रृखंलामा विराटनगरका राजीव जैनलाई चार महिना अघि जितेको एक करोडको चेक बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरियो । विजेता जैनलाई एसआरविएन मिडियाका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार आचार्य, कार्यक्रम प्रस्तोता महानायक राजेश हमाल, सिभिल बैंकका सीईओ गोविन्द गुरुङ, क्रियटिम निर्देशक सुरक्षा अधिकारी लगायतले १ करोडको चेक हस्तान्तरण गरेका थिए । उनी केबिसीमा एक करोड जित्ने पहिलो प्रतियोगी हुन् । उनले सन् २००१ मा इन्डियाको ‘कौन बनेगा करोडपति’मा पनि खेल्ने प्रयास गरेका थिए । टप हन्ड्रेडमा छनोट भए पनि टप टेनमा परेनन् । परिणामतः हट सिटमा बस्न पाएनन् । तर त्यो रहर उनले १८ वर्ष पछि पूरा गरे । र, करोड जितेर इतिहास पनि रचे ।
यसरी इतिहास रचेका जैनलाई चेक हस्तान्तरण गर्न बिभिद प्रकृयाहरु पुरा गर्ने क्रममा केही समय ढिला भएको कार्यक्रमका सञ्चालक राजेश हमालले कार्यक्रममा प्रस्ट पारे । करोडपतिको बारेमा आएका विवाद र चर्चा परिचर्चा बारेमा स्पष्ट पार्दै राजेश हमालले रेकर्डेड कार्यक्रम भए पनि विभिन्न चरण पार गर्दै तयार पारिएको एपिसोड नेपालबाट मात्र नभएर युकेमा रहेको बोर्डले हेरेर स्वीकृति दिएपछि मात्र प्रसारण हुने भनेकाले धादली हुनेमा कुनै शङ्का गर्नु नपर्ने बताएका छन् । यसै गरी सोका प्रोड्युसर विपिन आचार्यले कार्यक्रमको पहिलो सिजन भएकाले आफूहरू घाटामा रहेको तर दर्शकको माया अनि साथले आगामी सिजनमा केही नाफामा जाने विश्वास व्यक्त गरेका छन् ।