चलचित्र ‘सम्हाली राख है’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । आरएल मोक्तानले निर्देशन गरेको चलचित्र तारा शङ्कर फिल्मस् प्रालीको ब्यानरमा हरिकृष्ण महर्जनले निर्माण गरेको चलचित्र हो । सार्वजनिक पोस्टरले फिल्म एक्सन र रोमान्सले भरिपूर्ण रहेको बताउँछ । ‘सम्हाली राख है’मा अर्जुन कुँवर, शीतल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शङ्कर कार्कीलगायत कलाकारको अभिनय रहेको छ ।
यसै गरी चलचित्रमा विक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको एक्सन, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको सङ्गीत छ । चलचित्रका सह-निर्माता श्यामकृष्ण महर्जन हुन् । दसैँ र तिहारको बिचमा प्रदर्शनमा आउने यस चलचित्रको यति बेला डबिङको काम भइरहेको छ ।