अभिनेत्री परमिता आरएल राणाले पहिलो पटक तेलुगू चलचित्रमा काम गर्ने भएकी छिन् । तेलुगू चलचित्रका एक्सन सुपरस्टार गोपीचन्दको प्रमुख भूमिका रहने चलचित्रबाट उनले तेलुगु चलचित्रमा डेब्यु गर्न लागेकी हुन् । चलचित्रको नाम नजुराइएको भए पनि उनी गोपिचन्दको जोडीको रूपमा देखिने पक्का भएको छ ।  बिनु सुब्रह्मण्यमले निर्देशन गर्ने चलचित्रको शुक्रवार हैदरवादको एक मन्दिरमा शुभ मुहूर्त गरिएको छ । ठुलो बजेटमा निर्माण हुने बताइएको चलचित्रलाई विभिएसएन प्रसादले निर्माण गर्दै छन् । यसै गरी चलचित्रलाई लिएर आफू निकै उत्साहित रहेको अभिनेत्री परमिताले सामाजिक सञ्जालमा गोपीचन्दसँग फिल्मको मुहूर्तको तस्बिर फेसबुकमा साझेदार गर्दै बताएकी छिन् ।

तेलुगू फिल्ममा काम गर्ने अवसर पाउँदा आफूले गर्व महसुस गरेको उनले बताएकी छन् । ‘चपली हाइट २’ पछि उनले केही नेपाली चलचित्रमा अभिनय गरिन् गरे पनि कुनै चलचित्रले बक्स अफिसमा गतिलो व्यापार गर्न सकेनन् यद्यपि, उनको अभिनयको भने चर्चा हुने गरेको छ ।