एरिक गिरीको गीत 'बुढो हुन मन छैन' सार्वजनिक भएको छ । शुक्रवार युट्युबमा सार्वजनिक भएको गीतले ढल्किँदै जाने जवानी र यस प्रतिको प्रेमको भाव बोकेको छ । युवावस्थामा गर्ने रमाइलो जाँगर र शारीरिक तन्दुरुस्ती उमेरसँगै हराएर जाने र अरूको सहारामा बाँच्नु पर्ने भएकाले बुढो हुन मन नभएको गीतमा प्रस्तुत गरिएको छ । गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र नवराज खड्का फिचर्ड छन् । एरिक गिरी कै शब्द सङ्गीत र निर्माण रहेको गीतमा हेमन्त कान्छा रसाइलीले सारङ्गी बजाएका छन् भने अशोक महर्जनले मिक्सिङ र एरेन्ज गरेका छन् । मनोरञ्जनात्मक र यथार्थ परक भिडियोलाई लक्ष्मी बर्देवाले निर्देशन गरेकी हुन् ।