गएको हप्ता नेपाली रजतपटको लागी उपलब्धि मूलक नै रह्यो । नयाँ चलचित्रको घोषणा, चलचित्र सम्बन्धी विविध कार्यक्रम अनि नयाँ चलचित्रको रिलिज यिनै बिच नेपाली रजतपटको यो हप्ता गुज्रियो । यो हप्ता नेपाली रजतपटमा तरङ्ग ल्याएको एउटा मुख्य विषय भनेको बलिउड अभिनेत्री सन्नी लियोनीको नेपाल आगमन नै हो । चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ त्यसमा पनि सन्नीको आगमनले अलि बढी नै उत्साह थपिदियो । यसै गरी यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।  

बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनी उनी फिचर्ड नेपाली चलचित्र 'पासवर्ड' को प्रिमियरमा सहभागी हुन बिहीबार नेपाल आएकी थिइन् । सन्नीले बिहीबार नै आयोजित प्रिमियरमा सहभागी भइन भने चलचित्रको बारेमा अन्तर्क्रिया समेत गरिन् । काठमाडौँको कुमारी हलमा आयोजना भएको चलचित्रको प्रिमियरमा सहभागी हुन पुगेकी सन्नीले नेपाली चलचित्रमा आइटम नृत्य गर्न पाउँदा पनि खुसी व्यक्त गरिन् । उनी अभिनीत चलचित्र 'पासवर्ड' प्रदर्शन भइरहेको छ ।  

पहिलो शृङ्खलाबाट निकै राम्रो प्रतिक्रिया पाएको चलचित्र ‘चपली हाइट’ को तेस्रो शृङ्खला निर्माण हुने भएको छ । पहिलो शृङ्खला निर्देशन गरेका दीपेन्द्र के । खनालको ठाउँ यो पल्ट  निर्देशक निकेश खड्काले लिँदै छन् । चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्काले प्रमुख भूमिका निभाउनेछिन् भने उनको जोडी नव-अभिनेता महेश त्रिपाठीसँग बाँधिने भएको छ । मङ्गलवार चलचित्रको औपचारिक घोषणा गरिएको थियो । 

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

कलाकारहरूको छाता सङ्गठन चलचित्र कलाकार सङ्घले सोमबार स्थापनाको ३२ औँ वर्ष पुरा गर्‍यो । स्थापना दिवसको अवसरमा काठमाडौँमा एक कार्यक्रमको आयोजना गरिएको थियो । रविन्द्र खड्का नेतृत्वको कलाकार सङ्घको कार्यक्रममा कलाकारको पातलो उपस्थिति रहेको थियो ।  

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

नेपाल आइडलको पहिलो संस्करणमा तेस्रो स्थान हासिल गर्न सफल प्रताप दासको नयाँ गीतको तयारी भइरहेको छ । मङ्गलवार गीतको भिडियो छायाङ्कन गरिएको थियो । युवा अवस्थामा रहेका दुई प्रेमीको प्रेम र यात्राको भाव समेटिने भिडियोमा बुगी वुगी कि विजेता अस्मिता नेपाली र भारतमा मोडलिङ गरिरहेका बिजु पार्किनको प्रस्तुति रहने छ । 

आशिष सचिन गौतम र मेलिना राईको स्वर रहेको गीत ‘एकान दुई कान मैदान’ सार्वजनिक भएको छ । हिमान्शु रायमाझीको शब्द रहेको गीतमा भीम बिसीको सङ्गीत रहेको छ । मङ्गलवार भिडियो सहित युट्युबमा सार्वजनिक गरिएको गीतमा गायक आशिषसँगै सरोज खनाल, आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन माकुरी फिचर्ड छन् ।

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

‘सूर्य इन्टरनेशनल अवार्ड'को पहिलो संस्करण सन् २०१८मा जापानको टोकियोमा सफलताका साथ आयोजना गरिएको थियो । यसै अवार्डको दोस्रो संस्करण आगामी नोभेम्बर २४ मा टोकियोमा आयोजना हुने मङ्गलवार राजधानीमा एक कार्यक्रम आयोजना गरी जानकारी आयोजक कम्पनी सूर्य कर्पोरेसन लिमिटेडका अध्यक्ष वासुदेव लामिछानेले दिएका छन् । अभिनय , गायन , नृत्य र हास्य विधामा रहेर अवार्ड आयोजना गरिने र भव्यताका साथ कार्यक्रम सम्पन्न गरिने लामिछानेले बताए । 

हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’बाट अलग्गिएको अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)सहितको २१ जनाको टिमले  नयाँ टेलिश्रृंखला निर्माण गर्ने भएको छ । 'सक्किगोनि' नाम जुराइएको उक्त टेलिश्रृंखला आगामी असोज २ गतेबाट नेपाल टेलिभिजन मै प्रसारण सुरु हुने घोषणा भएको छ । 

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

अशोक शर्मा निर्देशित चलचित्र ‘रातो टिका निधारमा’को शीर्ष गीत शुक्रवार रिलिज गरिएको छ । असोज १० मा दशैको अवसर पारेर प्रदर्शनमा आउने चलचित्रको राजेश हमाल र करिश्मा मानन्धर स्टारर सिनेमा ‘अल्लारे’मा समावेश गीत ‘रातो टिका निधारमा टलक्क टल्कियो’लाई रि-एरेन्ज गरिएको गीत इन्टरनेटमा सार्वजनिक गरिएको हो ।

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )