विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड हात पारेकी नायिका स्वस्तिमा खड्काको पछिल्लो चलचित्र 'हजार जुनी सम्म'लाई दर्शकले खासै मन पराएनन् । यस चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्न नसके पनि उनको डिमान्डमा खसै असार भने परेको छैन । यद्यपि एउटा सफल कलाकारलाई यस्ता असफलताले केही हदसम्म असर गर्छन् नै । यो कुरा उनी पनि स्वीकार गर्छिन् ।

केही दिन अघि चलचित्र चपली हाइटको तेस्रो सिरिज 'चपली हाइट ३'मा अनुबन्धित भएको स्वस्तिमा यति बेला म्यानमारमा छिन् । काम तथा होलिडे एकसाथ मनाउन म्यानमार पुगेकी उनले आफू निकै मस्ती मुडमा रहेको र रमाइलो गरिरहेको भावका तस्बिरहरू सार्वजनिक गरिरहेकी छिन् । केही म्युजिक भिडियो र चाडबाड मनाएपछि उनी तिहारपछि चलचित्र ‘चपली हाइट ३’को छायाङ्कनमा तिहारपछि व्यस्त हुनेछिन् ।