सिने नगरीमा नाम एउटै भएकाले पनि नायिकाद्धय बर्षा राउत र बर्षा सिवाकोटीविच धेरै कुरामा तुलना गर्ने गरिन्छ । मोडलिङ हुँदै एक साथ चलचित्रमा यी दुईले प्रवेश गरेका हुन् । वर्षा सिवाकोटीले चलचित्र नाइ न भन्नु ल २ बाट डेव्यु गरेकी थिइन् भने वर्षा राउतले चलचित्र नाई न भन्नु ल ४ बाट डेव्यु गरेकी हुन् । दुवै आफ्नो आफ्नो ठाउँमा चर्चित छन् । यी दुईको तुलना पनि गर्ने गरिन्छ । यी दुई बिच बोलचाल नभएको खबर बाहिरएको पनि छ ।
खासमा चलचित्र ‘मेरो पैसा खोइ’मा वर्षा सिवाकोटी बाहिरिएर बर्षा राउत भित्रिएपछि यी दुइविच सम्बन्ध विग्रिएको भन्ने चर्चा थियो । तर सम्बन्ध बिग्रएको भन्दा पनि समयले गर्दा भेट्न नपाएको यी दुईको भनाइ छ । बर्षा राउत भन्छिन् ‘हामी बिच धेरै भेटघाट नहुने भएकाले पनि त्यस्तो लागेको हुनसक्छ । तर, हाम्रो सम्बन्ध एकदमै राम्रो छ ।’
यस्तै, नायिका वर्षा सिवाकोटीले भन्छिन् ‘हामीलाई लामो समयसम्म नदेखेर होला । हाम्रो भेट नजुरेर हो । हाम्रो केही विग्रिएको थिएन, हामी त एकदमै मिल्थ्यौ ।’
चलचित्र ‘मेरो पैसा खोइ’को लफडाका कारण पनि यी दुइविच झगडा परेको चर्चा चलेको हो । तर, यो चलचित्रमा आफूहरूले सल्लाहा गरेरै काम गरेको सिवाकोटी बताउँछिन् ।