नायिका प्रियंका कार्कीले निर्देशकको रूपमा डेब्यु गरेको वेब सिरिज 'जस्ट अनोदर लभ स्टोरी' इन्टरनेट रिलिज भएको छ । आफ्नो होम प्रोडक्सनको पहिलो कोसेली स्वरूप दुई महिला बिचको प्रेम र सम्बन्धको कथा बोकेको वेब सिरिज 'जस्ट अनोदर लभ स्टोरी' को निर्माण निर्देशन प्रियंका आफैले गरेकी हुन् । ८ एपिसोड रहने सिरिज सिरिजको पहिलो एपिसोड आइतबार प्रियंकाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् ।
सिरिजमा सृष्टि श्रेष्ठ र प्रियंका कार्कीको मुख्य भूमिका रहेको छ । सान बस्नेतको कथा रहेको सिरिजका डिओपी आयुष्मान देशराज जोशी रहेका छन् । सिरिजको यस अघि सार्वजनिक गरिएको गीत 'पहार'लाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् भने गीत साजन राज वैद्यले गाएका हुन् ।