पछिल्ला केही समयमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी र अभिनेता प्रदीप खड्काको डिमाण्ड निकै नै बढी छ । लगातार एक पछि अर्को चलचित्रमा व्यस्त यी दुई कलाकारलाई एउटै स्क्रिनमा हेर्ने रहर दर्शकको पुरा हुन पाएको छैन । एक वर्षअघि हेमराज बिसीको निर्देशनमा बन्ने भनिएको प्रेमकथामा आधारित चलचित्रमा यी दुई अनुबन्धित भएका थिए तर चलचित्र निर्माण हुन सकेन । हेमराज निर्देशित ‘दि ब्रेकअप’ उनी ‘घामड शेरे’तिर लागेका थिए । यी दुई कलाकारलाई लिएर निर्माण गर्ने भनिएको चलचित्र बिचमै रोकिएको थियो । अब भने दर्शकको चाहना पुरा हुने भएको छ ।

निर्माण टिम र कलाकारबिच प्रोजेक्टको विषयमा कुरा गर्दै चलचित्रको काम अगाडि बढ्ने भएको हो। बुझिए अनुसार पुरानो स्क्रिप्ट बदर गर्दै अब चलचित्रको नयाँ स्क्रिप्ट तयार गरिनेछ । अभिनेता प्रदीपले ‘प्रेमगीत ३’को काम सकेपछि यो चलचित्रको छायाङ्कनमा लाग्ने बताएका छन् भने साम्राज्ञी पनि लगभग तयार नै छिन् । नेपाली चलचित्र बजारमा यी दुई जनाको निकै चर्चा छ र यी दुईको केमेस्ट्री हेर्न लायक हुने अनुमान लगाउन सकिन्छ ।