अभिनेता भुवन केसी र काजल फिल्मसको प्रस्तुति रहने चलचित्र 'एन्टि हिरो' को बारेमा विभिन्न हल्ला र खबर बाहिरिएका छन् । बजारमा यस चलचित्रमा अनमोलको जोडी जसिता गुरुङसँग बाँधिने र चलचित्रको निर्देशन भुवन आफैँले गर्ने लगायतका समाचार बाहिरिएपछि भुवन केसीले आफ्नो आगामी सिनेमा ‘एन्टी हिरो’को बारेमा पछिल्लो समय सम्प्रेषण भइरहेका समाचारको खण्डन गरेका छन् ।  ‘एन्टी हिरो’मा जसिता गुरुङ रहने र भुवनले सिनेमा निर्देशन गर्ने भनेर सम्प्रेषण भएका खबर गलत भएको उनले प्रस्ट पारेका छन् । भुवनले आफ्नो आधिकारिक फेसबुक अकाउन्टबाट समाचारको खण्डन गर्दै स्टाटस लेखेका छन् ।

उनको स्टाटसमा लेखिएको छ ‘काजल फिल्मस् र मेरो आगामी सिनेमाको बारेमा सानो जानकारी: हामी अहिले प्रि-प्रोडक्सनमा छौँ । अहिलेसम्म बजारमा आएका केही समाचार गलत छन् । सही समयमा हामी मेरो आधिकारिक फेसबुक पेज र काजल फिल्मसको इन्स्टाग्राम पेजबाट महत्त्वपूर्ण समाचार बाहिर ल्याउने छौँ । अहिलेसम्म अनमोल केसी र भुवन केसी मात्र सिनेमाको लागि फाइनल भएका छन् ।' चलचित्रमा  भुवन भिलेन र अनमोलले हिरोको रूपमा प्रस्तुत हुने खबर मात्र बाहिरिएको छ।