साउन १३ गते प्रदर्शनमा आउन लागेको चलचित्र प्रेमगीत–२ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्र प्रदीप खड्का र अश्लेषा ठकुरीको प्रेमलाई प्रस्तुत गरिएको छ । 


रामशरण पाठक निर्देशित सिनेमाले देश दौडाहा थाल्नुअघि पोस्टर रिलिज गरेको हो । यतिबेला चलचित्रका टिम प्रमोसनको लागी देश दौडाहामा लागेका छन् । तनहुँको दमौलीदेखि सुरु हुने कन्सर्ट टुर पोखरा, नेपालगंज हुँदै पूर्वी सहरतर्फ अघि बढ्नेछ । १५ भन्दा बढीको टुर टोलीलाई निर्माता सन्तोष सेनले नेतृत्व गर्नेछन् ।

लभ स्टोरीमा आधारित चलचित्र प्रेमगीत –२ को पोस्टप्रोडक्सनको सम्पूर्ण काम सम्पन्न भइसकेको निर्माण पक्षले जानकारी दिएका छ ।