मिस्टर एण्ड मिस टुरिजम चितवन सिजन २ को उपाधि चन्दन रौनियार र एलिशा बराल क्षेत्रीले हात पारेका छन् । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आयोजना गरिएको प्रतिस्पर्धामा सुरज खान र टिसा श्रेष्ठ फर्स्ट रनर अप बन्न भएका छन् भने रेश्मा विश्वकर्मा र बिजित कँडेल सेकेन्ड रनरअप भएका छन् । विजेता बनेका चन्दन र एलिसालाई चितवन पर्यटन बोर्डले चितवन टुरिजमको ब्रान्ड एम्बास्डर बनाउनेछ भने एभरेस्ट फिल्म एकेडेमीबाट छात्राबृती तथा ब्रोसिस इभेन्ट र संयम स्टुडियोबाट म्युजिक भिडियोमा काम गर्ने अवसर प्राप्त गर्नेछन् ।

उद्योग वाणिज्य सङ्घ चितवन सँगको सहकार्यमा क्रिजना नेटवर्कले आयोजना गरेको उक्त सौन्दर्य प्रतियोगिताको फाइनलको लागि १३ जना प्रतिस्पर्धीहरू छनोट भएका थिए । गत श्रावण ११ र १८ गते सम्पन्न अडिसनबाट ६ जना युवा र ७ जना युवती फाइनलका लागि छनोट भएका थिए ।