पछिल्लो समयका व्यस्त कलाकार रविन्द्र झा दिवाकर भट्टराईले पहिलो पटक निर्माण गर्न लागेको चलचित्र ‘तिमीसँगै हुने मन छ’मा अनुबन्धित भएका छन् । आफ्नो चलचित्रको स्क्रिप्टका लागी फिट भएको र राम्रो कलाकार भएको कारण रविन्द्रलाई चलचित्रमा भित्र्याएको दिवाकर बताउँछन् साथमा मुख्य कलाकारहरूमध्ये एक विशेष क्यारेक्टरमा रविन्द्रलाई देख्न सकिने बताएका छन् । रविन्द्र र निर्माण पक्षबिच सम्झौता भैसकेको छ । दसैँपछि फ्लोरमा जाने चलचित्रको अधिकांश छायाङ्कन पोखरामा गरिने छ ।
ओम नमः सिबाय प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रमा अन्य कोको कलाकार लिइनेछ सार्वजनिक गरिएको छैन यद्यपि चलचित्रमा नयाँ तथा पुराना कलाकारको समिश्रण रहने बुझिएको छ । निर्माण पक्षका अनुसार केही दिनमा चलचित्रको औपचारिक घोषणा गरिने र सम्पूर्ण कास्ट एन्ड क्रु सार्वजनिक गरिनेछ । यसैगरी मुख्य भूमिकामा अभिनेत्री दिपिका प्रसाईलाई फाइनल गरिएको हल्ला बाहिरिएको छ तर निर्माण पक्षले यस बारेमा केहि जानकारी दिएको छैन ।