दीपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्र 'आमा'को छायाङ्कन सकिएको छ । ७२ दिन लगाएर यो फिल्मको छायाङ्कन सकिएको हो । चलचित्रका धेरै दृश्यमा पानी परेको चाहिने भएकाले छायाङ्कनको लागी लामो दिन लागेको हो । असारबाट फिल्मको छायाङ्कन सुरु भएको थियो । यसै चलचित्रका लागि नायिका सुरक्षा पन्तले पनि कपाल मुन्डन गरेकी थिइन् ।

चलचित्रको सिनमा कपाल काट्नु पर्नेभएपछि कपाल काटेको र राम्रो चलचित्र बनाउने प्रयास भएकाले कम्प्रमाइज गर्न नसकेको उनले बताएकी थिइन् । चलचित्रमा सुरक्षासँगै मिथिला शर्मा, सरिता गिरी लगायतको अभिनय रहने छ । चलचित्र 'आमा'लाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् भने आगामी फागुन ९ गते प्रदर्शनमा आउनेछ ।