श्वेता श्री फाउन्डेसनद्वारा सिन्धुपाल्चोकमा निर्माणाधीन माझी बस्ती अन्तिम चरणमा पुगेको छ । दसैँदेखि माझीहरूलाई घरमा प्रवेश गराइने उद्देश्यले काम भइरहेको भए पनि बस्तीका केही काम भने अझै बाँकी नै जसको लागी  श्वेताले आर्थिक सङ्कलनको लागी प्रयास गरिरहेकी छिन् । घरहरू बस्न योग्य भइसकेका भएकाले दसैँदेखि नै माझीहरू बस्न सुरु गर्ने भए पनि बाटो, ढल, पानी, बिजुली लगायतको काम बाँकी भएकाले बस्तीको औपचारिक हस्तान्तरण भने पुस–माघमा मात्र गरिने श्वेताले बताएकी छिन् । यसै क्रममा श्वेता खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर आफ्नो पहलमा निर्माणाधीन माझी बस्तीको प्रगतिबारे जानकारी गराएकी छन् ।

भेटघाटको तस्बिर फेसबुकमा हाल्दै प्रधानमन्त्रीको प्रतिक्रियाबाट आफू उत्साहित भएको बताएकी छन् ।  भेटघाटको तस्बिर फेसबुकमा साझेदारी गर्दै प्रधानमन्त्रीको प्रतिक्रियाबाट आफू उत्साहित भएको बताएकी छन् । भेटमा प्रधानमन्त्री ओलीले उनको कामको प्रशंसा गरेका थिए यस सकारात्मक प्रतिक्रियाबाट हौसला र उत्साह र ऊर्जा थपिएको उनले बताएकी छिन् । उनले निर्माणाधीन माझीवस्तीमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता प्रधानमन्त्रीबाट पाएको बताएकी छिन् । माझीबस्तीबारे प्रधानमन्त्रीलाई धेरै कुरा पहिल्यै थाहा रहेछ, उहाँले मलाई बधाई र धन्यवाद दिनुभयो,’ श्वेताले बताएकी छिन् । बस्ती पुरा गर्न‘सहयोगको आश्वासनहरू सबैतिर बाट पाइरहेको र चाँडोभन्दा चाँडो आर्थिक स्रोत जुटाएर बस्ती निर्माण सम्पन्न गर्ने पूर्ण विश्वस्त रहेको बताउँछिन् ।