सौगात मल्ल र अर्पण थापा अभिनीत ‘लप्पन छप्पन २’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फरक लुक्समा रहेका सौगात र अर्पणलाई स्थान दिइएको छ । आगामी महाशिवरात्रिमा रिलिज हुने यस चलचित्रमा अघिल्लो पार्टमा पनि प्रमुख भूमिकामा रहेका सौगात र अर्पण नेगेटिभ रोलमा छन् छन् भने उनीहरूलाई मात्र पोस्टरमा स्थान दिइँदा चलचित्रप्रति अझ कौतुहलता बढेको छ । चलचित्रको यति बेला छायाङ्कनको काम भइरहेको छ भने आगामी हप्ता अस्ट्रेलियाको विभिन्न ठाउँमा छायाङ्कन हुने निर्माण पक्षले जनाएको छ । अघिल्लो पार्टमा पनि निर्देशकको भूमिका निभाएका मुकुन्द भट्टले नै चलचित्रलाई एक्सन कट गर्दै छन् ।

‘लप्पन छप्पन २'मा फरक अवतारमा सौगात र अर्पण

उसो त ‘लप्पन छप्पन'को पहिलो पार्टले राम्रो व्यापार गर्न सफल भएको थिएन यद्यपि चलचित्रको सिक्वेल बाट दर्शकको मन जित्ने विश्वास निर्माण पक्षको रहेको छ । चलचित्रमा सौगात र अर्पणसँगै दयाहाङ राई, अनुपविक्रम शाही, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, सुरविना कार्की, सृजना सिना, देव कुमार, शिव श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहने छ भने चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले निर्माण गरेका हुन् ।