रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी' असोज ३ अर्थात् आजबाट अल नेपाल प्रदर्शनमा आएको छ । रिलिजको पूर्वसन्ध्यामा बिहीबार राजधानीको जय नेपाल हलमा चलचित्रको ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । आयोजित प्रिमियरमा सिनेकर्मी र पत्रकारको घुइँचो लागेको थियो भने चलचित्र हेरेपछि सबैले तारिफ गरे । पछिल्लो समयका चर्चामा आइरहेका कलाकार अधिकांशको उपस्थितिमा सम्पन्न भएको प्रिमियरमा अर्ग्यानिक फिल्म निर्देशकको रूपमा चिनिएका रामबाबुले चलचित्रको लागी गरेको मेहनतको सबैले खुलेर प्रशंसा गरे । लामो समयपछि चर्चित चलचित्र कबड्डीको तेस्रो भाग लिएर आएको चलचित्रको मेकिङको प्रशंसा गर्न कसैले कन्जुस्याइँ गरेनन् ।

'कबड्डी ३’ को ग्राण्ड प्रिमियरमा ‘कबड्डी’ फ्लेवरको प्रशंसा 'कबड्डी ३’ को ग्राण्ड प्रिमियरमा ‘कबड्डी’ फ्लेवरको प्रशंसा 'कबड्डी ३’ को ग्राण्ड प्रिमियरमा ‘कबड्डी’ फ्लेवरको प्रशंसा 'कबड्डी ३’ को ग्राण्ड प्रिमियरमा ‘कबड्डी’ फ्लेवरको प्रशंसा

पहिलेका सिरिजका कलाकार दयाहाङ राई, रिश्मा गुरुङ, विजय बराल, बुद्दि तामाङलगायत उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राईलगायतका मुख्य कलाकारलाई चलचित्रमा इन्ट्री गराइएको छ । मङ्गलवार नै अग्रिम बुकिङ खोलेको चलचित्रले क्युएफएक्समा सर्वाधिक सोज पाएको छ भने  बिहीबार बेलुकासम्म मल्टीप्लेक्सका सिट ६० देखि ८० प्रतिशतको बिचमा भरिएका छन् ।

'कबड्डी ३’ को ग्राण्ड प्रिमियरमा ‘कबड्डी’ फ्लेवरको प्रशंसा 'कबड्डी ३’ को ग्राण्ड प्रिमियरमा ‘कबड्डी’ फ्लेवरको प्रशंसा 'कबड्डी ३’ को ग्राण्ड प्रिमियरमा ‘कबड्डी’ फ्लेवरको प्रशंसा 'कबड्डी ३’ को ग्राण्ड प्रिमियरमा ‘कबड्डी’ फ्लेवरको प्रशंसा

पहिलो दिनमा नै डेढ करोडसम्मको व्यापार गर्ने अनुमान गरिएको यस चलचित्रले जेठदेखि सुस्ताएको चलचित्रको व्यापारलाई माथि उठाउने आशा गरिएको छ । स्वजातिय र अन्तरजातीय प्रेमकथामा आधारित फिल्म पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, डा: सिंह गुरुङ, शिला खनाल र मणि के राई जस्ता कलाकारको पनि अभिनय छ ।  