गत वर्ष रिलिज भएको चलचित्र ‘लभ स्टेसन’पछि ब्रेकमा रहेकी अभिनेत्री जसिता गुरुङ र गत वर्ष नै रिलिजमा आएको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ पछि गुपचुप रहेका धिराज मगर यती बेला मिडियामा छाइरहेका छन् । यी दुईलाई लिएर निर्देशक रेनेशा बान्तवा राईले चलचित्र निर्माण गर्दै छिन् । रेनेशाले निर्माण गर्ने ‘आई एम ट्वान्टी वान’को छायाङ्कन तिहारपछि फ्लोरमा जानेछ । बिहीबार बानेश्वर स्थित ‘वान सिनेमाज’ हल उद्घाटन समारोहमा पुगेको यो जोडी सबैको ध्यानको केन्द्रमा पर्‍यो । केही समय अघि प्रेममा रहेको भनिएको यो जोडी अहिले त्यो सम्बन्धमा नभएको बुझिएको छ भने किन उनीहरूको सम्बन्ध टुट्यो त्यो दुवैले खोलेका छैनन् ।

पहिलो पटक एकसाथ पर्दामा उत्रिन लागेको यो जोडीको केमेस्ट्री हेर्न दर्शक निकै उत्साहित छन् । निर्मात्री निर्देशक रेनेशाको पारिवारिक व्यवसाय जोडिएको हलको उद्घाटनमा रेनेशाले आफ्नो नयाँ चलचित्रको मुख्य नायक नायिकालाई सहभागी गराउनु दुईलाई हाइलाईट गराउने राम्रो उपाय बन्न सफल भयो ।