टेक पौरखी राईले निर्देशन गरेको चलचित्र ‘माया पिरिम’ को फर्स्ट लुक पोस्टर र रिलिज मिति सार्वजनिक भएको छ । आगामी मङ्सिर २० गतेलाई प्रदर्शन मिति फाइनल गर्दै सार्वजनिक गरिएको दुई पोस्टरमा कोसिस क्षेत्री, किरण चन्द, अञ्जली अधिकारी, अर्जुन गुरुङलगायतका कलाकारहरू फिचर्ड छन् । पोस्टरले चलचित्र लभ स्टोरी जनरामा बनेको बुझिन्छ । निर्देशक राईका अनुसार युवापुस्तालाई लक्षित गरेर ‘माया पिरिम’ निर्माण गरिएको हो । सलोन बस्नेत, कालु राना, जयनन्द लामा, अरुणा कार्की, अनुपमा भण्डारी, विशाल पहाडी, टेक पौरखी राई, सागर बस्नेतलगायतका कलाकारहरूको पनि अभिनय रहेको चलचित्रलाई सविन अधिकारीले लेखेका हुन् ।
प्रविन थापा र सविन अधिकारीको निर्माणमा बनेको चलचित्रका कार्यकारी निर्माता सागर बस्नेत र कोषराज दाहाल हुन् । निरज कँडेलले खिचेको 'माया पिरिम'लाई जीवन थापाले सम्पादन गरेका छन् । साथमा चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व, कोसिस क्षेत्रीको सङ्गीत, शिशिर खातीको कोरियोग्राफी रहेको छ ।