पछिल्लो समय सूर्य इन्टरनेशनल फिल्म अवार्ड २०१९ को तयारी गरिरहेको सूर्य कर्पोरेसनले चलचित्र वितरण गर्ने भएको छ । यसको सुरुवात भुवन केसीको निर्माणमा बन्ने चलचित्र ‘एन्टी हिरो’बाट गरिने भएको छ । यसअघि जापानमा चलचित्र प्रदर्शन गर्दै आएको यस कम्पनीले निर्माता भुवन केसी र कर्पोरेसनका अध्यक्ष वासुदेव लामिछाने र समीर बलामी बिच सहमतिमा हस्ताक्षर गरेको छ ।

निर्माता केसीले कति रकममा विक्री गरिएको हो भन्ने खुलाउन नचाहे पनि निकै नै राम्रो रकममा चलचित्रको विदेश राइट्स विक्री गरिएको बताएका छन् । ‘एन्टी हिरो’मा अनमोल केसी र भुवन केसीको मुख्य भूमिका रहने छ । यो फिल्मको लागि नायिकाको खोजी भइरहेको छ साथै चलचित्रको क्रु सहित कलाकारहरू छिट्टै सार्वजनिक गर्ने तयारी रहेको भुवनले बताएका छन् ।