संविधान दिवसको अवसर पारेर नेपाल सरकारले केही कलाकार र सङ्गीतकर्मीहरूलाई पनि विभूषित गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शित्तल निवासमा आयोजना हुने कार्यक्रममा कलाकारहरूलाई विभूषित गर्ने छिन् । यस अन्तर्गत स्वर्गीय गायक खुसीराम पाख्रिनलाई ‘सुप्रबल जनसेवा श्री तृतीय श्रेणी’बाट विभूषित गरिने भएको छ । नेपाली चलचित्र क्षेत्रकी प्रथम नायिका भुवन चन्द र गायक रामकृष्ण दुवाल पनि ‘सुप्रबल जनसेवा श्री तृतीय श्रेणी’बाट विभूषित हुने भएका छन् ।
यसै गरी लोकगायक बद्री पंगेनीलाई ‘कीर्तिमय राष्ट्रदिप चतुर्थ श्रेणी’बाट र सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसी, कलाकार धर्मराज गुरुङ, गायक धिरज राई, नायक निखिल उप्रेती, गायक नारायण ओली, नायिका श्वेता खड्का, सङ्गीतकार शान्तिराम राई, सुरेश अधिकारी र कलाकार वसुन्धरा भुसाल ‘प्रबल जनसेवा श्री चतुर्थ श्रेणी’बाट विभूषित हुने भएका छन् ।