१९७४ एडी ब्यान्डसँग हाम्रो धेरै सम्झना जोडिएको छ । ‘नेपाली’, ‘सम्बोधन’, ‘पहिलो जुनीमा’, ‘परेलीमा’ र ‘सम्झी बस्छु’ लगायतका आफ्ना लोकप्रिय गीतहरू गाएर सबैको मनमा बस्न सफल यस ब्यान्ड पछिल्ला वर्षहरूमा गुमनाम जस्तै भएको थियो । धेरै वर्षपछि यो ब्यान्ड र सङ्गीतप्रेमी श्रोतालाई एकै ठाउँमा ल्याउने जमर्को भएको छ । यो समयलाई १९७४ एडीका फ्यान र नेपाली गीत सङ्गीत प्रेमीहरुले धेरै पहिले देखी कुरिरहेका थिए । आज साँझ ठमेलको आर्बिट्ररी समूहका साथ टुबोर्गले प्रस्तुत गर्ने १९७४ एडीको कन्सर्टले शनिवारलाई सङ्गीतमय बनाउनेछ । ब्यान्डलाई जन्म दिने सदस्यले लर्ड अफ ड्रिङ्क्स (एलओडी)मा आफ्नो प्रस्तुति दिनेछन् जुन अवसर ऐतिहासिक हुनेछ ।
साङ्गीतिक प्रस्तुतिले संसारभर साङ्गीतिक माहौल बनाउन सफाल चर्चित १९७४ एडीले आजको कन्सर्टमा आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछ । हप्तौँसम्म नयाँ गीत र विचारको अभ्यास अनि परीक्षण गरेपछि कन्सर्टमा केही नयाँ गीत समेत प्रस्तुत गरिने ब्यान्डका सदस्य एड्रिन प्रधानले बताएका छन् । उनी थप्छन् , ''हामी र हाम्रा श्रोताका लागि यो कन्सर्ट अत्यन्त रमाइलो र अविस्मरणीय हुनेछ भन्ने आशा राखेका छौँ । साँझ ८ बजे सुरु हुने कन्सर्टमा दर्शकका लागी साँझ बजे इन्ट्री खुल्नेछ ।