कलाकार कुञ्जना घिमिरे उर्फ सुन्तिलीको आज जन्मदिन । कलाकार सीताराम कट्टेल धुर्मुसले भावुक हुँदै आफ्नो फेसबुक मार्फत शुभकामना व्यक्त गरेका छन् । नेपालका आदर्श जोडी मानिने धुर्मुस र सुन्तिली आठ वर्ष अघि विवाह बन्धनमा बाँधिएका थिए ।
धुमुर्सका शब्द :
‘म खहरे थिँए । उनी शान्त, विशाल अनि कञ्चन समुद्र जस्तै थिइन् । म हर कुरामा हतारिन्थे । उनी हमेसा सकारात्मक सल्लाह र सुझाव दिन्थिन् । हरेक योजना र सोचहरूलाई सही दिशातर्फ लगेर सफल बनाउन आँट र साहस दिन्थिन् । त्यसैले आजको दिन मेरो लागि विशेष छ । किनकि यस्ती मिलनसार कुञ्जना मेरा लागि आजकै दिन यो धर्तीमा जन्मेकी थिइन् । र, त अधुरो म पूरा भएको छु,’ धुर्मुसले लेखेका छन् ।