आगामी अक्टोबर २ बाट प्रदर्शनमा आउने ऋतिक रोशन र टाइगर श्रोफ स्टारर चलचित्र ‘वार’को नयाँ गीत रिलिज भएको छ । ‘जय जय शिवशङ्कर’ बोलको होली गीतमा यी दुई नायकको प्रतिस्पर्धा देखाइएको छ । बलिउडका नृत्य र एक्सन किङ मानिएका यी दुईको प्रस्तुति निकै धमाकेदार देखिन्छ भने विशाल डाडलानी र बेन्नी डायल स्वर दिएको र विशाल र शेखरले सङ्गीत भरेको गीत उत्तिकै शक्तिशाली रहेको छ । सिद्धार्थ आनन्द निर्देशित ‘वार’मा ऋतिक र टाइगरका अलावा वाणी कपुरको मुख्य भूमिका छ । चलचित्रमा ॠतिक टाइगरका गुरुको रूपमा देखिएका छन् भने जब गुरुले घात गर्छन् तब खेल कसरी उल्टो पल्टन्छ भन्ने देखाइएको छ । चलचित्रको ट्रेलर सार्वजनिक भैसकेको छ जसलाई दर्शकले निकै मन पराएका छन् भने वार यो वर्षको बहुप्रतीक्षित चलचित्रमा एक हो ।