'नेपाल आइडल सिजन ३' को वर्ल्ड टुरको आधिकारिक घोषणा सम्पन्न भएको छ । नेपालको साङ्गीतिक क्षेत्रमा एउटा नयाँ र फरक सुरुवात गरेको साङ्गीतिक रियालिटी सो नेपाल आइडलले सफलता पुर्व आफ्ना दुई सिजन सम्पन्न गरिसकेको छ र यतिबेला तेस्रो सिजनको तयारीमा छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गृष्मा ब्रोडकास्टिङले नेपाल आइडलको सिजन तेस्रोको टप ३ लाई वर्ल्ड टुर गराउने अधिकार लिएको छ । गृष्मा ब्रोडकास्टिङको तर्फबाट गृहेन्द्र घिमिरे र एपिवान एचडीको तर्फबाट जिएम लक्ष्मी प्रसाद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यो हस्ताक्षर भएसँगै टप ३ को ग्राण्ड फिनाले समेत गृष्मा ब्रोडकास्टिङले गर्नेछ । नेपाल आइडलसँग जोडिन पाउँदा निकै खुशी भएको गृष्मा ब्रोडकास्टिङको तर्फबाट गृहेन्द्र घिमिरेले बताए ।

अब नेपाल आइडलको टप ३ को वर्ल्ड टुरसंगै एक वर्षसम्मको सम्पूर्ण दायित्व गृष्मा ब्रोडकास्टिङले बहन गर्नेछ । नेपालमा विभिन्न इभेन्ट गर्दै विदेशमा समेत इभेन्ट गर्दै आएको गृष्माले नेपालमा ‘सप्तरंग’ को सफलतापछि यसको दोस्रो सिजनलाई समेत आउँदो नोभेम्बरमा गर्ने भएको छ । यसैगरी गृष्मा ब्रोडकास्टिङले नेपाल आइडल सिजन २ का विजयी टोलीलाई मुनलाइट्स रेकर्ड्ससंगको सहकार्यमा अमेरिकामा टुर समेत गर्दैछ । नेपाल आइडलले आफु जस्तै धेरैको सपनालाई सकार बनाएको दोस्रो सिजनकी अस्मिता अधिकारीले बताइन । साथै दोस्रो सिजनका विजेता रवी ओडले पनि आफु नेपाल आइडलसँग जोडिनु र विश्वको सामु आफुलाई प्रस्तुत गर्न पाउनु निकै ठुलो भएको बताएका छन् ।