राज पौडेलको स्वर उमेश रेग्मीको शब्द सङ्गीतमा रहेको गीत 'जति हेर्यो' सार्वजनिक भएको छ । पूर्वेली भाकामा तयार भएको गीतको भिडियोलाई भिमफेदी गाइजले तयार पारेको हो । गीतमा भिमफेदी गाइजको साथमा एलिशा राईको अभिनय रहेको छ । पूर्वेली भाका सापटी लिएर तयार गरिएको गीतले नेपाली मौलिकपन बोकेको छ भने भिडियोमा समावेश नृत्यमा पनि नेपाली लोक संस्कृति र आफ्नो पन भेटिन्छ । सांस्कृतिक कार्यक्रमको थिममा तयार गरेको गीतको भिडियोलाई एलिशा राईले कोरियोग्राफी गरेकी हुन्। निर्मल कुमार लामाको निर्देशनमा बनेको म्युजिक भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् भने पवन सुस्लिङले नै सम्पादन गरेका हुन् । भिमफेदी गाइजले पहिलो पल्ट यस प्रकारको भिडियो तयार पारेको हो ।