नेपाली सिनेमाका लोकप्रिय अभिनेता राजेश हमालको हातमा अहिले खासै चलचित्रहरु छैनन् । उनी यति बेला आफ्नो श्रीमतीसँग आफ्ना फुर्सदिलो दिनहरू बिताइरहेका छन् । यसैक्रममा राजेशले ‘असार १५’ रमाइलो गरी मनाएका छन् ।

काठमाडौँ उपत्यकाको ग्रामीण भेगमा गएर धान रोपाइँ भइरहेको ठाउँमा राजेशले हलो जोतेका छन् । आफ्नो फेसब्ुक फेजमा तस्बिर उनले हलो जोतिरहेको लगायत धान रोपाइँ गर्न आएका महिलाहरुसँग तस्बिर खिचाएका थिए ।